काठमाडौँ २०७३/०६/०४, कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल तथा रिसर्च सेन्टरले भक्त इन्टरनेसनल एकडेमी हात्तिगौड़ामा दन्त शिविर आयोजन गरेको थियो । उक्त शिविरमा डा. सलिना मानन्धर को टीमले ४५० जना विध्यार्थी, शिक्षक तथा विभागीय सदस्यहरुको दन्त परिक्षण गरेको थियो । उपचारको क्रममा जांच गर्नुको साथै डा. सलिनाकै अनुगमनमा हल्लिएको दांत निकाल्ने र दात भर्ने काम गरिएको थियो । मुख स्वास्थ बनाईराख्ने र सहि दात माझ्ने तरिकाको बारेमा बिध्यार्थिहरुलाई जानकारी पनि दिईएको थियो। यस निशुल्क दन्त शिविरलाई सफल बनाउन सहयोग गरि दिनु हुने प्राध्यापक तथा समस्त विभागीय सदस्यलाई धेरै धेरै धन्यवाद ।
- Dhapasi, Basundhara, Ring Road (Near Police Beat) Kathmandu-3, Nepal
- 977-01-4985910, 4985911 (Hospital) 977-01-4966242, 4958586 (College)
- [email protected]
- http://www.kantipurdental.edu.np
Find Us