







पुरै दाँत सेट राखेपछि पालना गर्नुपर्ने निर्देशनहरू:
(१) दाँत सेट राख्न र निकाल्न पुर्ण रूपले डाक्टरसंग सिक्ने ।
२) सधै तलको सेट पहिला र माथिको सेट पछि राख्ने ।
(३) पहिलो २४ घण्टा सम्म लगाउने र घेरै गाह्रो भएमा निकालेर पानीमा राख्ने र डाक्टरलाई देखाउन आउने ।
४) शुरुका केहि दिनसम्म बोल्न, खान अप्ठ्यारो हुन सक्छ, त्यसैले दाँत लगाएर धेरै बोल्ने र पत्रिकाहरू ठूलो आवाजले पढ़ने अभ्यास गर्ने ।
(५) सफा गर्दा नरम ब्रसले गर्ने अथवा बसेर नरम कपडा माथि राखेर सफा गर्ने ।
६) राती सुत्दा फुकालेर चिसो पानीमा डुबाएर बन्द भाडामा राख्ने, तातो पानीमा नराख्ने ।
७) कडा र टाँसिने खानेकुराहरु सके सम्म नखाने ।
८) दुवै दाँया र बाँयाबाट पछाडीको दाँतले एकैचोटी चपाउने ।
९) हाच्छिउ गर्दा मुख छोप्ने र यात्रा गर्दा बान्ता आउला जस्तो भएमा निकालेर राख्ने ।
१०) केहिगरि भाँचियो अथवा मिलाउन परेमा डाक्टर कहाँ तुरुन्त जाने ।
११) हरेक ३-६ महिना भित्रमा नियमित जाँचको लागि डाक्टर कहाँ जाने ।
For Appointment:
Call: 01- 4985910 | 01- 4985911
Address: Basundhara, Near police bit
Follow us on TikTok: